जर्मनी र स्वीट्जरल्यान्ड भिड्दै

एजेन्सी – यूईएफए नेसन्स लिगको समूह चरणको चौथो खेलमा आज राति जर्मनी र स्वीट्जरल्यान्ड तथा युक्रेन र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ ।

दुवै खेल राति १२ः३० बजे हुनेछ । जर्मनीले घरेलु मैदानमा स्वीट्जरल्यान्डलाई आतिथ्यता प्रदान गर्नेछ । घरेलु मैदानमा स्वीट्जरल्यान्डमाथि जित हात पार्दै जर्मनी अंक तालिका थप सुधार गर्ने दाँउमा हुनेछ ।
जर्मनीले जित निकालेको अवस्थामा यही समुहको अर्काे खेलमा स्पेन युक्रेनसँग पराजित भएको खन्डमा जर्मनीलाई शीर्षस्थानमा उक्लने अवसर हुनेछ । स्पेन रोकिएको खण्डमा गोलअन्तरमा छिनोफानो हुनेछ ।
अघिल्लो खेलमा युक्रेनमाथि २–१ को जित निकालेको जर्मनी सोही जितको लयलाई निरन्तरता दिने दाँउमा हुनेछ । टिमो वेर्नर, काई हाभर्टज, सर्ज जिनाब्री, टोनी क्रुस, योसुवा किम्मिख, मार्सेल हल्सटेनवर्ग, निकलस सुल, एन्टेनियो रुडिगर, म्याथ्यियस जिन्टर र गोलरक्षक तथा कप्तान म्यानुयल नोएर जर्मनीसँग हुनेछ ।
यता, स्वीट्जल्यान्ड पनि घरेलु टोलीलाई पराजित गर्न लक्ष्यमा हुनेछ । अघिल्लो खेलमा स्पेनसँग आफ्नै गोलरक्षकको गल्तीमा गोल खान पुग्दा पराजित भएको स्वीट्जरल्यान्ड उक्त गल्तीलाई सुधार्दै जित निकाल्ने दाँउमा हुनेछ ।
जद्रान शाकिरी, ग्रानिट झाँका, हरिस सेफोरेभिक, रेमो फ्रिउलेर, लोरिस बेनिटो, सिल्भान, विडमेर र गोलरक्षक यान सोम्मेर टोलीसाग हुनेछ ।
यि दुई टोलीले गत महिना नेसन्ल लिगमा प्रतिस्पर्धा गर्दा १–१ गोलको बराबरी खेलेका थिए । त्यसअघि २०१२ को मैत्रीपुर्ण खेलमा स्वीट्जरल्यान्ड ५–३ ले विजयी भएको थियो ।
अन्य खेल
लिग ‘ए’ ४युक्रेनविरुद्ध स्पेन (राति १२ः३० बजे)
लिग ‘सी’ १अजरवैजानविरुद्ध साइप्रस (राति ९ः४५ बजे), मोन्टेनग्रोविरुद्ध लक्जेमवर्ग (राति १२ः३० बजे)
लिग ‘डी’ १लात्भियाविरुद्ध माल्टा (राति ९ः४५ बजे), फारोइ आइल्यान्डविरुद्ध एन्डोरा (राति १२ः३० बजे)
लिग ‘डी’ २लिचेस्टाइनविरुद्ध सान मारिनो (राति १२ः३० बजे)

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *