नेसन्स लिग : युक्रेन र स्पेन भिड्दै , अन्य ६ खेल पनि आजै

एजेन्सी । दोस्रो संस्करणको यूईएफएनेसन्स लिग फुटबल प्रतियोगितामा आज चौथो चरणमा कूल ७ खेल हुँदैछन् ।आज हुने खेलहरूमा स्पेन र जर्मनीले पनि आ–आफ्नो खेल खेल्दैछन् । आज राति स्पेनले युक्रेनको सामना गर्नेछ । नेपाली समयअनुसार उक्त खेल राति १२:३०बजे हुनेछ । उक्त खेल युक्रेनको घरेलु मैदानमा हुनेछ ।त्यस्तै अर्को खेलमा राति जर्मनी र स्वीट्जरल्यान्डको अर्को रोमाञ्चक खेल हुनेछ । नेपाली समयअनुसार यो खेल पनि राति १२:३० बजेबाट सुरु हुनेछ । सो खेल जर्मनीको घरेलु मैदानमा हुनेछ ।आज राति हुने अन्य खेलहरूको नेपाली समय अनुसार१. लाटभिया विरुद्ध माल्टा (९ः४५)२. अजरबैजान विरुद्ध साईप्रस (९ः४५)३. मोन्टेनेग्रो विरुद्ध लक्जेमवर्ग (१२ः३०)४. जर्मनी विरुद्ध स्वीट्जरल्यान्ड (१२ः३०)५. लिच्टेनन्सटेइन विरुद्ध सान मारिनो (१२ः३०)६. फारोए आइसल्यान्ड विरुद्ध आन्डोरा (१२ः३०)

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *