जिदानलाई हाजार्डको पर्खाइ

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान क्लबले कीर्तिमानी रकममा भित्राएका फरवार्ड इडेन हाजार्ड एल क्लासिकोका लागि तयार हुन्छन् कि हुँदैनन् भन्नेमा चिन्तित छन् ।

बार्सिलोनासँगको एल क्लासिकोका लागि फिट हुन हाजार्डसँग अब दुई साताको समय बाँकी रहेको छ । रियलले शनिबार काडिजविरुद्ध घरेलु मैदानमा हुने ला लिगाको खेलका लागि सोमबारबाट तयारी सुरु गरेको छ । यद्दपी हाजार्ड भने सामूहिक प्रशिक्षणमा सामेल भएका छ्रैनन् । चोटका कारण बेल्जियमको अन्तर्राष्ट्रिय खेलका लागि पनि हाजार्ड उपलब्ध भएनन् ।

त्यसअर्थ चेल्सीका पूर्व फरवार्डले फिट हुनका लागि एक्लै अभ्यास गरेका थिए । यो साताको अन्त्यसम्ममा उनी सामूहिक प्रशिक्षणमा फर्कने अपेक्षा गरिएको छ । अहिलेको लक्ष्य भनेको हाजार्डलाई एल क्लासिको लागि तयार पार्नु हो । बार्सिलोनाविरुद्धको खेलमा हाजार्डको सहभागिता क्लबका लागि महत्वपूर्ण हुन सक्ने अपेक्षा गरिएको छ ।

एल क्लासिको अक्टुबर २४ वा २५ मा हुने ला लिगाले अझै पक्का गर्न बाँकी छ । त्यसअर्थ हाजार्डलाई ठिक बनाउन जिदान र क्लबको मिडिकल टोलीसँग दुई साताको समय बाँकी छ ।चोटकै कारण हाजार्डले आफ्नो पहिलो वर्ष पनि सोचे अनुरुप प्रदर्शन गर्न सकेनन् ।

यस कारण पनि क्लब उनलाई लिएर जोखिम उठाउने पक्षमा छैन । अक्टुबर २१ मा रियलले च्याम्पियन्स लिगको समूह चरणमा साख्तार डोनेक्सको सामना गर्दैछ । जिदानले हाजार्डलाई त्यो खेलमा बेन्चमा राख्ने सम्भावना रहेको छ ।

यो सिजन हाजार्ड कुनै पनि खेलमा मैदान उत्रेका छैनन् । उनले म्याच फिटनेसका लागि पनि काम गर्नुपर्ने हुन्छ । क्याटालन क्लबविरुद्ध उत्रनका लागि उनले शतप्रतिशत ठिक हुन जरुरी हुन्छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *