लेकर्सलाई एनबीए उपाधि, लेब्रन एमभीपी

एजेन्सी – लस एन्जेलस लेकर्सले १७ औं पटक एनबीए उपाधि जितेको छ । मायमी हिटलाई छैटौं खेलमा १०६-९३ ले पराजित गर्दै फाइनल सिरिज लेकर्सले ४-२ ले जितेको हो ।

फाइनल्सको एमभीपी घोषित लेब्रन जेम्सले ट्रिपल डबल प्रदर्शन गरे । उनले २८ अंक, १४ रिबाउन्ड र १० असिस्टको प्रदर्शन गरे । एन्थोनी डेभिस र राजोन रोन्डोले १९-१९ अंक योगदान दिएपछि लेकर्सको जित सम्भव भएको थियो ।
पहिलो हाफमा नै लेकर्सले फराकिलो अग्रता बनाउँदै जिततर्फ उन्मुख देखिएको थियो । पहिलो क्वाटरमा २८-२० ले अघि रहेको लेकर्स दोस्रो क्वाटरको अन्त्यमा ६४-३६ ले अगाडी रहेको थियो । पछिल्लो दुई क्वाटरमा हिटले पुनरागमनको प्रयास गरेपनि अन्त्यमा लेकर्सले १०६-९३ को जित हासिल गर्यो ।
लेकर्सको यो कीर्तिमानी १७ औं उपाधि हो । सर्वाधिक उपाधि जित्ने कीर्तिमानमा लेकर्सले बोस्टन सेल्टिकसँग बराबरी गरेको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *