हालाण्डको ह्याट्रिकमा नर्वेको फराकिलो जित

एजेन्सी । युवा स्ट्राइकर इयर्लिङ ब्राउल्ट हालाण्डको ह्याट्रिकमा नर्वेले यूईएफए नेसन्स लिगमा शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा नर्वेले रोमानियामाथि ४–० गोलको शानदार जित निकालेको हो । नर्वेको घरेलु मैदानमा भएको खेलमा हालाण्डले पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक हो । यस्तै एलेक्जेन्डर सोर्लथले एक थोल गरे ।जारी खेलको १३औं मिनेटमा हालाण्डले गोल गर्दै नर्वेलाई सुरुआती अग्रता दिलाएका थिए । यस्तै ३९औं मिनेटमा सोर्लथले गोल गरेपछि पहिलो हाफमा नर्वेले २–० गोलको अग्रता बनायो । दोस्रो हाफको खेलको ६४औं मिनेटमा र ७४औं मिनेटमा गोल गर्दै हालाण्डले देशका लागि पहिलो ह्याट्रिक गरे । उक्त ह्याट्रिकको मद्दतमा नर्वेलाई ४–० गोलको जित दिलाए ।जितसँगै समूह ‘ई’मा नर्वेले दोस्रो स्थान बनायो । उसले ३ खेलबाट ६ अंक बटुल्यो । पराजित रोमानिया भने ४ अंकका साथ तेस्रो स्थानमा छ ।Spread the News        

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *