बेल्जियममाथि इंग्ल्यान्डको जित

एजेन्सी । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत इंग्ल्यान्डले बलियो टोली बेल्जियमलाई पराजित गरेको छ ।आइतबार राति भएको खेलमा इंग्ल्यान्डले बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा एक गोलले पछि परेको अबस्थामा इंग्ल्यान्डले अग्रता उल्टाएर जित निकालेको हो । इंग्ल्यान्डको जितमा मार्कस रासफोर्ड र मासन माउन्टले एक एक गोल गरे । यता बेल्जियमका रोमेरो लुकाकुले एक गोल फर्काए । खेलको १६ औं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए ।तर, खेलको ३९ औं मिनेटमा रासफोर्डले पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काए । त्यसपछि खेलको ८५ औं मिनेटमा माउन्टले गोल गर्दै इंग्ल्यान्डलाई २-१ को जित दिलाए । उक्त जितसँगै इंग्ल्यान्ड लिग ‘ए’ समूह २ को शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेको छ । बेल्जियमको यो पहिलो हार हो । दोस्रो स्थानको बेल्जियमले २ खेलमा ६ अंक जोडेको छ ।अन्य खेलको नतिजाक्रोएसिया विरुद्ध स्विडेन (२-१)एन्डोरस विरुद्ध माल्टा (०-०)आइसल्यान्ड विरुद्ध डेनमार्क (०-३)रसिया विरुद्ध टर्की (१-१)सराबिया विरुद्ध हंगेरी (०-१)स्कटल्याण्ड विरुद्ध स्लोभाकिया (१-०)पोल्यान्ड विरुद्ध इटाली (०-०)नर्वे विरुद्ध रोमानिया (४-०)फिनल्यान्ड विरुद्ध बुल्गेरिया (२-०)काजाकिस्तान विरुद्ध अल्बानिया (०-०)इजरायल विरुद्ध चेक गणतन्त्र (१-२)फ्रान्स विरुद्ध पोर्चुगल (०-०)उत्तरी आयरल्यान्ड विरुद्ध अस्ट्रिया (०-१)लिथुआनिया विरुद्ध बेलारुस (२-२)बोस्निया एण्ड हर्जगोविना विरुद्ध नेदरल्यान्ड (०-०)अर्मानिया विरुद्ध जर्जिया (२-२)ग्रीस विरुद्ध मोल्डोभा (२-०)स्टोनिया विरुद्ध उत्तर म्यासेडोनिया (३-३)आयरल्यान्डका गणतन्त्र विरुद्ध वेल्स (०-०)Spread the News        

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *