धवनको अर्धशतकको मदतमा दिल्लीले दियो मुम्बईलाई १६३ रनको लक्ष्य

इन्डियन प्रीमियर लिग(आइपिएल)मा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई १६३ रनको लक्ष्य दिएको छ।अबुधावीमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १६२ रन जोडेको हो।उसको लागि ओपनर शिखर धवनले ५२ बलमा ६ चौका र १ छक्काको मदतमा अविजित ६९ रन जोडे।त्यस्तै श्रेयस अय्यरले ३३ बलमा ५ चौकाको मदतमा ४२ रन जोडे।त्यसैगरी विकेटकिपर एलेक्स केरीले अविजित १४ र मार्कस स्टोइनिसले १३ रन जोडे।बलिङमा मुम्बईका कुर्नल पान्ड्याले २ तथा ट्रेन्ट बोल्टले १ विकेट लिए।Previous articleहैदरावादमाथी राजस्तानको रोमाञ्चक जित

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *