हैदरावादमाथी राजस्तानको रोमाञ्चक जित

इन्डियन प्रीमियर लिग(आइपिएल)मा राजस्तान रोयल्सले सनराइजर्स हैदरावादमाथी रोमाञ्चक जित निकालेको छ।आइतबार दिउँसो भएको खेलमा राजस्तानले हैदरावादमाथी रोमाञ्चक जित निकालेको हो।हैदरावादले दिएको १५९ रनको लक्ष्य राजस्तानले १९.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।निकै खराब सुरुवात गरेको राजस्तानका रियन पराग र राहुल टेवाटियाले उत्कृष्ट साझेदारी गर्दै खेल जिताए।१२ ओभरमा ७८/५ को कमजोर अवस्थामा रहेको राजस्तानलाई पराग र टेवाटियाले जितको बाटोमा डोर्याए।उनीहरुले ७.५ ओभरमा ८५ रनको अविजित साझेदारी गरे।राजस्तानको जितमा नायक बनेका टेवाटियाले २८ बलमा ४ चौका र २ छक्कासहित ४५ तथा परागले २६ बलमा २ चौका र २ छक्कासहित अविजित ४२ रन जोडे।त्यस्तै सन्जु स्यामसनले २६ र रविन उथप्पाले१८ रन जोडे।बलिङमा हैदरावादका रसिद खान र खलिल अहमदले २/२ विकेट लिए।त्यसअघि दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १५८ रन जोडेको थियो।उसका मनिष पान्डेले ४४ बलमा २ चौका र २ छक्काको मदतमा ५४ तथा कप्तान डेभिड वार्नरले ३८ बलमा ३ चौका र २ छक्काको मदतमा ४८ रन जोडे।बलिङमा राजस्तानका जोफ्रा आर्चर,कार्तिक त्यागी र जयदेव उनाड्कटले १/१ विकेट लिए।Previous articleदिल्ली टस जितेर ब्याटिङ गर्दै,दिल्लीमा २ खेलाडी परिवर्तन

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *