नेयमारलाई दुई खेलमा प्रतिबन्ध

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार फरवार्ड नेयमारलाई दुई खेलको प्रतिबन्ध लागेको छ ।
लिग वान अन्तर्गत आइतबार राति भएको मार्सेलीविरुद्धको खेलमा रातो कार्ड पाएका थिए ।पीएसजीको घरेलु मैदानमा भएको सो खेलमा नेयमारसहित पीएसजीका तीन जना र मार्सेलीका दुई खेलाडीले रातो कार्ड पाएका थिए ।
खेलको अन्तिम समयमा दुई पक्षका खेलाडीबीच झडप भएको थियो । जसमा पीएसजीका नेयमार, लिएन्ड्रो परेडेस र लेविन कुर्जावा तथा मार्सेलीका जोर्डन अमावी र डेरियो बेनेडेटोलाई मैदानबाहिर पठाइएको थियो ।खेलको अन्त्यमा नेयमारलाई रेफ्रीले भीएआरको सहायतामा रातो कार्ड दिएका थिए । ब्राजिलियन स्टारले मार्सेलीका अल्भारो गोन्जालेजको टाउकोमा हिर्काएको पाइएपछि रेफ्रीले उनलाई मैदानबाहिर पठाएका थिए ।
नेयमारसहित अरु ४ खेलाडीलाई समेत प्रतिबन्ध लागेको छ । पीएसजीका कुर्जावालाई ६ खेलमा प्रतिबन्ध लागेको छ भने परेडेसलाई दुई खेलमा प्रतिबन्ध लागेको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *