भण्डारीको अपरेसन आज हुदै




गत आइतबार मोटरसाइकल दुर्घटनामा परी घाइते भएका राष्ट्रिय क्रीकेट टिमका तीब्र गतिका बलर ललितसिंह भन्डारीको आज अपरेसन हुने भएको छ।काठमाडौको ग्रान्डी अस्पतालमा उपचार गराइरहेका भन्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएपछि उनको आज अपरेसन हुन लागेको हो।
आइसियुमा ३ दिन उपचार गरेपछि उनको आज शल्यक्रिया गर्न लागिएको हो।दुर्घटनामा दायाँ हात र खुट्टामा फ्याक्चर भएको ललितको आज अपरेसन हुन लागेको हो।यस्तै शरीरको भित्री चोट सुधार भएको र उनको रिपोर्ट पनि राम्रो रहेकोले उनको आज अपरेसन गर्न लागिएको अस्पतालले जनाएको छ।
गत आइतबार कञ्चनपुरको झलारी बजारमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा भन्डारी गम्भीर घाइते भएका थिए।सुरुमा महेन्द्रनगर लगिएको उनलाई कोहलपुर मेडिकल कलेज लगिएको थियो।रिपोर्टमा उनको कलेजोमा पनि समस्या देखिएपछि उनलाई गत सोमबार काठमाडौ ल्याइएको थियो।







Previous articleमेलवर्न स्टार्समा ईङ्ल्यान्डका दुई स्टार खेलाडी अनुबन्धित

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *