बिबिएल अपडेट:अन्तराष्ट्रिय तालिका कुर्दै बिबिएल




आगामी शनिबारबाट युएईमा सुरु हुने छ।आईपिएल सकिएको साता–दस दिनपछि अबुधाबी टी–१० लिग हुनेछ । आईपीएल सकिएपछि उनी यूएईमै बस्ने छन् र टी–१० लिग खेल्ने सम्भावना छ ।खेलाडीलाई पारिश्रमिक नदिएका कारण टी–१० को अझै टुंगो लागेको छैन । यसो भएमा उनी दुबईबाट सोझै श्रीलंका प्रिमियर लिग खेल्न जान सक्नेछन् । श्रीलंका र नेपाल दुवै देश प्रवेश गर्दा १४ दिन क्वारेन्टाइन बस्नुपर्ने भएकाले उनको त्यो समयमा काठमाडौं फर्किने सम्भावना निकै कम देखिन्छ ।
कोरोनाकै कारण नेपालको २०२० मा कुनै नेपालको कुनै अन्तर्राष्ट्रिय खेल नहुने टुंगो भइसकेको छैन ।अहिले अवस्थामा २०२१ को सुरुवातमा खेल हुने नहुने पनि अझै निश्चित छैन । नेपालले २०२१ को जनवरीमा ओमानमा गएर ओमान र अमेरिकासँग विश्वकप लिग २ का खेल खेल्ने तालिका छ । नेपालको खेल नहुने भएमा सन्दीपको खेल रोकिने छैन । उनी दुबई वा कोलम्बोबाटै बिग ब्यास लिगका लागि अस्ट्रेलिया उड्न सक्छन् । सन्दीपलाई मेलबर्नले रिटेन गरेको छैन, बाहिर पनि राखेको छैन । खाली सन्दीपको खेलतालिकाको प्रतीक्षा गरिरहेको छ ।
नेपालको सिजन भयो भने सन्दीपले बिग ब्यास लिग खेल्न पाउने छैनन् । नेपालको सिजन भएन भने उनी बिग ब्यास लिगको पूरै खेल खेल्न सक्छन् ।







Previous articleकप्तान मेस्सीको दुई गोलमा, बार्सिलोनाको सहज जित

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *