कप्तान मेस्सीको दुई गोलमा, बार्सिलोनाको सहज जित

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले प्रि–सिजनअन्तर्गत मैत्रीपूर्ण खेलमा जिरोनामाथि ३-१ को जित निकालेको छ ।
बुधबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे भने फिलिप्पे कौटिन्होले एक गोल गरे । जिरोनाका सामुअल साइजले एक गोल फर्काए ।बार्सिलोनाका लागि कौटिन्होले गोलमा सुरुआती अग्रता दिलाएका थियो । उनले खेलको २१औं मिनेटमा गोल थिए । ४५औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफभरि २–० गोलको अग्रता दिलाए ।खेलको ४६औं मिनेटमा साइजले गोल गर्दै जिरोनालाई खेलमा फर्काउने प्रयास गरे । तर, ५१औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गर्दै बार्सिलोनालाई ३–१ गोलको जित दिलाए ।
बार्सिलोनाको यो लगातार दोस्रो मैत्रीपूर्ण खेलमा जित हो । यसअघि जिम्नास्टिकसँगको मैत्रीपूर्ण खेलमा पनि बार्सिलोनाले ३–१ गोलको जित निकालेको थियो ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *