लेवान्डोस्की ‘प्लेयर अफ दि सिजन’ घोषित

एजेन्सी । जर्मन च्याम्पियन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की ‘प्लेयर अफ दि सिजन’ को अवार्ड जितेका छन् ।
गत सिजन २०१९/२० मा बायर्नको उत्कृष्ट खेलाडी घोषित हुदै लेवान्डोस्कीले प्लेयर अफ दि सिजन अवार्ड जितेका हुन् ।
बायर्न अफिसियल रुपमा खुल्ला गरेको अनलाइन भोटिङको नतिजामा उनले फ्यानका तर्फबाट बेस्ट खेलाडीका लागि कुल ५१ प्रतिशत मत पाएका थिए । त्यस्तै अल्फोन्सो डेभिजले १६ र थोमस मुलरले १३ प्रतिशत मत पाएका थिए ।
लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनमा बायर्नले गत सिजन तीन उपाधि जितेको थियो । बायर्नले बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन कप जितेको थियो । उक्त उपाधि जित्नुमा लेवान्डोस्कीको भूमिका महत्वपूर्ण रहेको थियो ।
गत सिजन उनले कुल ४७ खेलमा ५५ गोल गरेका थिए । उनले लिगमा मात्रै ३१ खेलबाट ३४ गोल गरेका थिए । यस्तै च्याम्पियन्स लिगमा लेवान्डोस्कीले १० खेलमा १५ गोल गरेका थिए ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *