टोटनह्याम फर्किने बेलको चाहना

एजेन्सी । स्पेनिस फुटबल क्लब रियल मड्रिडका विंगर ग्यारेथ बेल पूर्वक्लब टोटनह्याम हटस्पर फर्किन चाहेको बताइएको छ ।सन् २०१३ मा इंग्लिस क्लब छोडेर स्पेनिस महाराथि रियल मड्रिड आएका बेल पछिल्लो समय प्रशिक्षक जिनेदिन जिदान नेतृत्त्वको टोलीमा पर्न छाडेका छन् ।
रियलबाट मैदान उत्रिने मौका कमै पाउन थालेपछि बेल यसै समरमा क्लब छोड्ने चर्चामा छन् । उनलाई इंग्लिस क्लबद्वय म्यानचेस्टर युनाइटेड र पूर्वक्लब टोटनह्यामको इच्छा रहेको बताइन्छ ।सात वर्ष बर्नाबेउमा बिताएका बेलले रियलबाट चार वटा च्याम्पियन्स लिगको उपाधि जितिसकेका छन् । भने चार वटा क्लब विश्वकप , तीन वाट युईएफए सुपर कप , दुईवटा स्पेनिस सुपर कप र एउटा कोपा डेलरे जिताका छन ।
रियलको जर्सीमा बेलले कुल २५१ खेल खेलेका बेलले १०५ गोल र ६८ असिस्ट गरेका छन् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *