मैत्रीपूर्ण खेलमा बार्सिलोना र जिरोना भिड्दै

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले आज दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । प्रि–सिजनको मैत्रीपूर्ण क्लब फुटबलमा आज बार्सिलोनाले जिरोनासँग प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपाली समयानुसार राति १०ः४५ बजे हुनेछ । जहाँ, बार्सिलोना लगातार दोस्रो मैत्रीपूर्ण जितको खोजीमा छ । यसअघि जिम्नास्टिकसँगको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले ३–१ गोलको जित निकालेको थियो ।
बार्सिलोनाले ला लिगाको तयारीका लागि यो खेल खेल्न लागेको हो । बार्सिलोनाले सेप्टेम्बर २७ मा भिल्लारियलसँग खेल्दै नयाँ सिजनको ला लिगा थाल्दैछ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *