सलिना, उषा र राजुलाई भलिबल संघको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले आर्थिक कठिनाईमा परेका आफ्ना ३ राष्ट्रिय खेलाडीलाई सहयोग गरेको छ ।

कोरोना महामारीका आर्थिक आर्जनमै समस्या परेपछि संघले आफ्ना खेलाडीको अवस्था जानकारी लिदै पहिलो चरणमा सहयोग गरेको बताइएको छ । संघले पहिलो चरणमा महिला राष्ट्रिय भलिबल टोलीका सदस्यद्धय सलिना श्रेष्ठ र उषा भन्डारी तथा बिच भलिबलका राजु बिकलाई सहयोग गरेको हो ।
काठमाडौंमै रहेका सलिना र उषालाई चामल, दाल, तेललगायत खाद्यान्न सामाग्री तथा गृह जिल्ला बागलुङमा रहेका राजुलाई नगद पठाइएको नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले जानकारी दिइन् ।
दक्षिणकाली नगरपालिका खहरे घर रहेकी सलिना र टोखा नगरपालिका नयाँ बसपार्क बस्दै आएकी उषालाई संघकी राहत समितिका संयोजक समेत रहेकी मास्के र सचिव तथा समितिका सह–संयोजक मनविर छन्त्यालले खेलाडीको घर पुगेर खाद्यान्न हस्तान्तरण गरेका थिए ।
कोरोना महामारीबाट अन्य क्षेत्र जस्तै खेलकुद क्षेत्रपनि प्रभावित छ । खेलकुद गतिविधि नहुदा खेलाडी र उनका परिवार समस्यामा पर्न थालेका छन् । सोही अवस्थालाई मध्येनजर राख्दै संघले राहत वितरणको कार्यक्रमलाई अघि बढाएको बताइएको छ ।
संघले कोरोना महामारीपछि झण्डै ६ महिनापछि राहत वितरण समिति गठन गरी पहिलोपटक राहत वितरण गरेको हो । संघले पहिलो चरणमा तीन खेलाडीलाई राहत वितरण गरेको हो ।संघले यस्तो कठिनाईका समयमा सम्झेकोमा सलिनाले धन्यवाद दिइन् ।

‘मैले त यस्तो सहयोग हुन्छ भन्ने आशा गरेको थिइन,’ उनले भनिन्,’ हाम्रो बारेमा चासो लिदिनुभएको र घर सम्म आएर सहयोग गर्नुभएकोमा संघ परिवार परिवारलाई आभार व्यक्त गर्न चाहन्छु ।’
आवश्यकता हेरेर भविष्यमा अन्य खेलाडीलाई पनि सहयोग गर्ने विषयमा पहल गरिने उपाध्यक्ष मास्केले बताइन् । ‘राष्ट्रिय टोलीका खेलाडीको आर्थिक अवस्था र कठिनाई बुझेर खेलाडीलाई सहयोग गर्नुपर्छ भन्ने संघले ठान्यो,’ संयोजक मास्केले भनिन्, ‘हाम्रा कतिपय खेलाडी विभागमा हुनुहुन्छ । केहि खेलाडी विभागमा हुनुहुन्छ । त्यसमध्ये पनि एकदमै कठिनाई परेका खेलाडीलाई पहिलो चरणमा सहयोग गरेका हौं । अवस्था अनुसार अन्य खेलाडीलाई पनि सहयोग गर्ने विषयमा हामी संघमा छलफल गर्नेछौं । ’
महिला टोलीले गत वर्ष दुई ठूला सफलता प्राप्त गर्दा सलिना त्यसको महत्वपूर्ण सदस्य थिइन् । लिबेरो सलिना सम्मिलित टोलीले कात्तिकमा बंगलादेशमा एभिसी सेन्ट्रल जोनमा स्वर्ण र मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो । उषा १३ औं सागमा रजत जित्दा टोलीमा थिइन् । राजुले १३ औं सागमा बीच भलिबलमा देशको प्रतिनिधित्व गरेका थिए ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *