लिग वान : पीएसजी पहिलो जितको खोजीमा, नेयमार र एम्बाप्पेविना मैदान उत्रिँदै

एजेन्सी । फ्रेन्च लिग वानमा डिफेन्डिङ च्याम्पियन क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले आज बुधबार मेट्जसँग प्रतिस्पर्धा गर्दैछ ।
नयाँ सिजन २०२०/२१ को तेस्रो खेलमा आज पीएसजीले मेट्जसँग खेल्दै छ । नेपाली समय अनुसार पीएसजी र मेट्जबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
उक्त खेल पीएसजीको घरेलु मैदानमा हुनेछ । मेट्जविरुद्ध मैदान उत्रदा पीएसजी पहिलो जितको खोजीमा हुनेछ । यस्तै पीएसजी पहिलो अंक जोड्न चाहन्छ ।
पीएसजी अघिल्ला दुई खेलमा पराजित भएको थियो । पीएसजी सिजनको पहिलो खेलमा लेन्स र दोस्रो खेलमा मार्सेलीसँग पराजित भएको थियो ।
तर आज पीएसजीका मुख्य फरवार्ड नेयमार सहित एम्बाम्प्पे बिनै मैदान उत्रने छ । नेयमार अघिल्लो खेलमा पाएको रातो कार्डको कारण मैदान उत्रने छैनन् ।भने युवा स्टार केलियन एमबाप्पे कोरोना संक्रमणको कारण टोली बाहिर रहेका छन् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *