ओमको उपचारको लागि सहयोग संकलन जारी




दुर्घटनामा परि घाईते भएका भलिबल खेलाडी ओमप्रकाश परियारको उपचार सहयोगार्थ संचालन गरिएको रकम संकलन कार्यमा हालसम्म राम्रो सहयोग रकम संकलन भएको सहयोग रकम संकलनमा लागेको नेपाली राष्ट्रिय भलिबल फ्यान क्लबका प्रमुख समेत रहेका अभियान्ता लक्ष्मण काप्रीले बताए।
“सहयोग अभियान अब केहि दिन मात्र रहने र संकलित रकम स्वयंम ओमलाई नै हामी हस्तान्तरण गर्ने छौ”अभियान्ता काप्रीले जानकारी दिए।
भलिबल नै जीवनको एक पाटो मान्ने ओम अब भलिबल मैदानमा कहिल्यै पनि कोर्टमा खेलाडिको रुपमा फर्कने अबस्थामा छैन।उनको खुट्टा भाचियो शरिरको मेरुदण्ड पनि भाचियो ।
“भलिबल फ्यान क्लबलाई माया र बिश्वास गरेर खेलाडीको पिडामा मलम लगाउनका लागि हजुरहरुले दिनु भएको सहयोग रकमले आगामी दिनहरु मा नेपाली भलिबलका लागि उत्प्रेरण मिल्नेछ” अर्का अभियान्ता राजन दर्लामी मगरले थप्नु भयो।
उपचारमा आर्थिक समस्या आएका कारण उनको उपचारार्थ रकम संकलन गर्न अभियान सुरु भएको थियो।
भलिबल खेलाडी ओम प्रकाश परियार लाई सहयोग गर्न निम्न ब्यक्तिहरु लाई सम्पर्क गर्न सकिनेछ।लक्ष्मण काप्री-9803569038 गोरखाराजन दर्लामि मगर-980-3682318 स्याङजालोकेन्द्र भण्डारी-980-4426951बुटवलएलिस नेपाली-981-9693840 दोलखा







Previous articleराकिटिकको गोलमा सेभिल्लाको जित

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *