प्रशिक्षक पिर्लोद्वारा रोनाल्डोको प्रशंसा

एजेन्सी । साविक विजेता युभेन्टसका प्रशिक्षक आन्ड्रेया पिर्लोले आफ्नो टोलिका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको खुलेरै प्रशंसा गरेका छन ।केही दिन अघि सम्पन्न प्रि-सिजनको पहिलो मैत्रीपूर्ण खेलमा युभेन्टसले दोस्रो डिभिजनको क्लब नोभारामाथि ५-० को फराकिलो जित निकालेको थियो । उक्त खेलमा रोनाल्डोले टोलिका जारी खेलको २०औं मिनेटमा गोल गरि युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए ।रोनाल्डो केही समय अघि मात्र पोर्चुगलको राष्ट्रिय टोलिबाट दोस्रो संस्करणको यूईएफए नेसन्स लिगमा सहभागी जनाएर युभेन्टस फर्किएका थिए । उनले सो क्रममा स्वीडेन विरुद्धको खेलमा दुई गोल गरि पोर्चुगललाई सहज जित मात्रै दिलाएनन आफ्नो अन्तर्राष्ट्रिय फुटबल करिअरमा १०० गोलको कोसेढुंगा पनि पार गरे । उनी युरोप कै अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गर्ने पहिलो खेलाडी बने । साथै सक्रिय खेलाडीमा १०० गोल पूरा गर्ने पहिलो खेलाडी पनि बने , उनि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल कर्ताको सुचिमा दोस्रो स्थानमा रहेका छन । उनि भन्दा अघि इरानका अली दाइ रहेका छन । उनले १०९ गोल गरेका छन । जुन रोनाल्डोको भन्दा मात्र ८ गोलले बढि हो ।
युभेन्टसमा नयाँ सिजनका लागि फर्किएका रोनाल्डोले प्रि-सिजनको पहिलो मैत्रीपूर्ण खेलमा नै सनसनीपूर्ण प्रदर्शन गर्दै पहिलो खेलमै उत्कृष्ट गोल गरि आफ्नो लय कायमै राखेका छन ।प्रशिक्षक पिर्लोले भने हामी भर्खरै सँगै काम सुरु गर्ने थालेका छौँ ,म बिस्वस्त छु ,रोनाल्डोले हाम्रो लागि आगामी दिनमा पनि थुप्रै गोल गर्नेछ , आज पनि रोनाल्डोले आफ्नो स्तरको खेल देखाए । उनले थोरै समयमा जति खेले त्यसमा उनको प्रदर्शन उत्कृष्ट रह्यो ,त्यो उल्लेखनीय छ । हामी मिलेर नयाँ सिजनमा उत्कृष्ट लयका साथ अघि बढ्ने छौँ ।रोनाल्डो पोर्चुगलमा गरेको प्रदर्शन र युभेन्टसमा आएर पहिलो खेलमा नै गरेको प्रदर्शनले उनलाई नयाँ सिजनका लागि पुर्ण रुपमा आफू तयार रहेको सन्देश दिएका छन । पिर्लोले भने , उनले पोर्चुगलको राष्ट्रिय टोलिबाट गरेको १०० गोल जुन अविष्मरणीय थियो । उनले युभेन्टसमा आएर पनि उस्तै सुरुवात गरे, उनले नयाँ सिजनमा पनि उस्तै प्रदर्शन लाई निरन्तरता दिनेमा आफू विश्वस्त रहेको छु ,पिर्लोले भने ।
Spread the News

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *