राकिटिकको गोलमा सेभिल्लाको जित

एजेन्सी । प्रि–सिजनअन्तर्गत मैत्रीपूर्ण क्लब फुटबलमा सेभिल्लाले लेभान्टेमाथि जित निकालेको छ। यसै समरमा बार्सिलोनाबाट फर्किएका इभान राकिटिकको गोलमा सेभिल्लाले जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा सेभिल्लाले लेभान्टेमाथि ३–२ गोलको जित निकालेको हो ।सेभिल्लालाई जिताउन ओक्याम्पस, एन–नेस्री र राकिटिकले समान एक–एक गोल गरे । लेभान्टेका पोस्टिगो र डेनी गोमेजले एक–एक गोल गरे ।
सेभिल्लाले लेभान्टेको २–० गोलको अग्रता उल्टाउँदै जित निकालेको हो । ला लिगाको तयारीका रूपमा सेभिल्ला र लेभान्टले मैत्रीपूर्ण खेल खेलेका हुन् । सेभिल्लाले २७ सेप्टेम्बरमा नवप्रवेशी क्लब कार्डिजसँग खेल्दै ला लिगा थाल्दैछ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *