मैत्रीपूर्ण खेलमा रियलको फराकिलो जित, बेन्जेमाको ह्याट्रिकसहित चार गोल

एजेन्सी । प्रि–सिजनअन्तर्गत मैत्रीपूर्ण क्लब फुटबलमा रियल मड्रिडले फराकिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा रियलले गेटाफेमाथि ६–० गोलको जित निकालेको हो ।
रियलको प्रशिक्षण मैदान स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा भएको खेलमा रियललाई जिताउन करिम बेन्जेमाले ह्याट्रिकसहित ४ गोल गरे भने कप्तान सर्जियो रामोस र युवा टिमका खेलाडी सर्जियो अरिबासले एक गोल गरे ।
गेटाफे र रियलले ला लिगाको तयारीका रूपमा यो खेल खेलेका हुन् । साविक विजेता रियलले आइतबारबाट नयाँ सिजनको ला लिगा थाल्दैछ । रियलले पहिलो खेलमा रियल सोसिडाडसँग खेल्नेछ । गेटाफेले भने शुक्रबार ओसासुनाविरुद्ध खेल्दै ला लिगाको सुरुआत गर्नेछ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *