औवामियाङ थप तीन बर्ष आर्सनलमै रहने

एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब आर्सनलका फरवार्ड पेरिक एम्रिक औवामियाङले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।
औवामियाङले आर्सनलसँग तीन वर्षको नयाँ सम्झौता गरेका छन् । नयाँ सम्झौतासँगै औवामियाङ सन् २०२३ सम्म क्लबमा रहने छन् ।
३१ वर्षीय फरवार्डलाई आर्सनलले आकर्षक तलबसहित सम्झौता नवीकरण गरेका हुन् ।औवामियाङको आर्सनलसँगको सम्झौता करिब १० महिना बाँकी रहेको थियो ।
उनी सन् २०१८ मा बोरुसिया डर्टमण्डबाट आर्सनल आएका थिए ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *