रोनाल्डोलाई उछिन्दै मेस्सी बने सर्वाधिक कमाउने फुटबलर

एजेन्सी । स्पेनिस फुटबल क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी फुटबलमा सर्वाधिक कमाउने खेलाडी बनेका छन् । फोर्ब्सका अनुसार मेस्सी सन् २०२० मा सर्वाधिक कमाइ गर्ने फुटबलर बनेका हुन् ।अमेरिकी बिजनेस म्यागाजिन फोर्ब्सका अनुसार उनले सन् २०२० मा १२ करोड ६० लाख डलर कमाएका छन् । जसमध्ये तलबबाट ९२ मिलियन अमेरिकी डलर मेस्सीले आम्दानी गरेका छन्। मेस्सीले अन्य शिर्षमा ३४ मिलियन अमेरिकी डलर प्राप्त गरेको फोर्ब्सले जनाएको छ।त्यस्तै सन् २०२० मा सर्वाधिक कमाइ गर्ने फुटबलरको दोस्रो स्थानमा इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो छन्। रोनाल्डोको कमाइ ११७ मिलियन अमेरिकी डलर रहेको छ। जसमा रोनाल्डोले तलबबाट ७० मिलियन अमेरिकी डलर कमाएका छन्। ४७ मिलियन अमेरिकी डलर प्रायोजनमार्फत प्राप्त गरेका छन्।सर्वाधिक कमाइ गर्ने फुटबलरको तेस्रो स्थानमा फ्रेञ्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिलियन फरवार्ड नेइमार छन्। नेइमारको कमाइ ९६ मिलियन अमेरिकी डलर रहेको छ। जसमा ७८ मिलियन तलब र १८ मिलियन प्रायोजनमार्फत प्राप्त भएको छ।चौथो स्थानमा पिएसजीकै फ्रेञ्च फरवार्ड केलियन एमबाप्पे छन्। एमबाप्पेको कमाइ ४२ मिलियन अमेरिकी डलर रहेको छ। उनले २८ मिलियन तलब र १४ मिलियन प्रायोजनबाट प्राप्त गरेका छन्।
सन् २०२० मा सर्वाधिक कमाउने फुटबलका १० खेलाडी
१. लियोनल मेसी– १२ करोड ६० लाख डलर२. क्रिस्टियानो रोनाल्डो– ११ करोड ७० लाख डलर३. नेयमार– ९ करोड ६० लाख डलर४. केलियन एमबापे– ४ करोड २० लाख डलरपाँचौ मोहम्मद सलाह– ३ करोड ७० लाख डलरछैटौं पउल पोग्बा– ३ करोड ४० लाख डलरसातौं एन्टोन ग्रिजमन– ३ करोड ३० लाख डलरआठौं गेराथ बेल– २ करोड ९० लाख डलर
नौ रोबर्ट लेवनडोस्की– २ करोड ८० लाख डलर
दशै डेभिड डि गेया– २ करोड ७० लाख डलर
Spread the News

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *