पोर्चुगल दोस्रोपटक नेसन्स लिग च्याम्पियन बन्छ : फेलिक्स

एजेन्सी । साविक विजेता पोर्चुगल दोस्रो संस्करणको यूईएफए नेसन्स लिग फुटबलमा दोस्रो पटक उक्त प्रतियोगिताको उपाधि जित्ने टोलिका युवा फरवार्ड जुआओ फेलिक्सले दाबी गरेका छन ।
युवा स्टार फेलिक्सले भने पोर्चुगल अहिले निकै राम्रो लयमा रहेको छ। हामी अन्तर्राष्ट्रिय उपाधि जित्न सक्षम रहेका छौँ । ‘हामीले दुई खेलमा निकै राम्रो प्रदर्शन गर्न सक्यौं । हामीले सहज नतिजा निकालेका छौँ । ‘टिमको प्रदर्शनबाट म एकदमै खुसी छु ।फेलिक्सले भने मलाई विश्वास छ– हामी दोस्रोपटक यो उपाधि जित्न गइरहेका छौं । किनभने, हामी राम्रो गरिरहेका छौं । उपाधि हाम्रो लक्ष्य हो। अझै थुप्रै खेल खेल्न बाँकी छन् । हामी हरेक खेल जित्दै अघि बढ्नेछौं ।’
पोर्चुगलले नेसन्स लिगको पहिलो खेलमा क्रोएसियालाई घरेलु मैदानमा रोनाल्डो बिनानै ४–१ ले हराएकाे थियो । उक्त खेलमा फेलिक्सले पनि १ गोल गरेका थिए । उनको त्यो गोल नै पहिलो अन्तर्राष्ट्रिय गोल थियो । त्यस्तै पोर्चुगलले दोस्रो खेलमा स्वीडेनलाई उसकै घरमा २–० गोल ले हराएको थियो । उक खेलमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए ।सो खेलमा कप्तान रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय फुटबल करिअरको १०० अौ गोलको कोसेढुंगा पार गरेका थिए ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *