भन्डारीको उपचारमा सहयोगको लागि क्रीकेट खेलाडी संघ (सिप्यान) को अपिल




काठमाडौं । गत आइतबार मोटरसाइकल दुर्घटनामा परी उपचाररत नेपाली राष्ट्रिय क्रीकेट खेलाडी ललित सिंह भन्डारीको उपचारमा सहयोगको लागि क्रीकेट खेलाडी संघ नेपाल(सिप्यान)ले सबैसँग अपिल गरेको छ।सिप्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै ललितको उपचारको लागि सबैसँग अपिल गरेको हो।गत आइतबार साझ मिनीट्रकले ललित सवार मोटरसाइकललाई ठक्कर दिदा ललित गम्भीर घाइते भएका थिए।ललितलाई सुरुमा धनगढीमा उपचार गरि कोहलपुर लगिएको थियो।त्यहाबाट थप उपचारको लागि सोमबार ललितलाई ग्रान्डी अस्पताल लगिएको छ।
त्यस्तै सिप्यानले उक्त दुर्घटनाप्रती दुख ब्यक्त गर्दै भन्डारीलाई काठमाडौ ल्याउन तथा उपचारमा सहयोग गर्ने अस्पताल,क्रीकेटर र शुभेच्छुकलाई धन्यवाद समेत दिएको छ।
त्यस्तै सिप्यानले बैंक खाता नम्बर उपलब्ध गराउदै रकम जम्मा गर्न आग्रह गरेको छ।







Previous articleजर्मन कप : डर्टमुण्डको फराकिलो जित,

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *