नेपाली क्रिकेटको भबिष्य उज्वल रहेको छ




नेपालमा सामुहिक खेलमा शिर्ष स्थानमा रहन सफल खेलमा क्रिकेट पनि रहेको छ। मिहेनत र परिश्रमबाट नै हरेक क्षेत्रमा सफल भईने हुदाॅं मिहेनत र परिश्रम निरन्तर प्रवाहबाट मात्र उत्कृष्ट हुन सकिन्छ।
सानै उमेर देखि पारस , धोनी , कोहलीको क्रिकेट हेर्दै हुर्कनेहरुको बिचमा अभिनब यादब पनि एक हुन्।भारतको सिमावर्ती जिल्ला सिराहमा जन्मिएको भएर पनि हुनसक्छ अभिनब यादबको सानै देखिको रुची क्रिकेट तर्फ केन्द्रीत थियो।
भारतीय सहर दिल्लिमा हुर्किएका यादबको स्कुले शिक्षा उतै पुरा भयो। तेस्रो सिजनको धनगढी प्रिमियर लिगमा हालका राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमान्डौ गोल्डेसको टिम रहेका उनले कुनै पनि खेलमा अन्तिम ११ मा स्थान बनाउन नसके पनि बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेटरहरुसॅंग डेसिगं रुम सेयर गर्न पाउदा धेरै कुराहरु सिकियो।“हाम्रो क्रिकेटको स्तर कति सम्म माथी पुग्छ या तल जान्छ भन्ने कुरा हाम्रो क्रिकेट बोर्डमा नै निर्भर रहन्छ।खेलाडीले त जस्तो सुकै स्थितिमा पनि क्रिकेटलाई छोडेका छैनन्” अल स्पोर्टस् नेपालसॅंगको कुराकानीका क्रममा अभिनवले बताए।
राष्ट्रिय टोलीमा पुगी देशको प्रतिनिधित्व गर्न मिहेनत , परिश्रम र ,निरन्तरता उतिकै आवश्यक ठान्ने अभिनवको लक्ष्य राष्ट्रिय टोलिमा रहि विश्वकप खेल्नु रहेको छ।पछिल्लो समय नेपालले केहि दशकमा टेस्ट मान्यता पाउछ भन्ने कुरा सुनिरहदा अभिनव भन्छन् “टेस्ट मान्यता भन्न सजिलो देखिए पनि पाउन निकै कठिन बिषय हो।यसका लागि आवश्यक न्युनतम कुरा नै घरेलु संरचना हो जुन हाम्रोमा शुन्य प्राय: रहेको छ।”







Previous articleप्रिमियर लिग : उल्भ्सको सुखद सुरुवात

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *