ब्राइटनमाथि चेल्सीको सहज जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सीले विजयी सुरुवात गरेको छ । चेल्सीले सोमबार राति भएको खेलमा घरेलु टोली ब्राइटनमाथि ३–१ को जित निकाल्यो ।
नयाँ सिजन २०२०/२१ मा खेलाडी सरुवा बजारमा ठुला रकम खर्चिएको चेल्सीले लिगको पहिलो खेलमा ब्राइटनमाथि सहज जित निकालेको हो ।चेल्सीको जितमा जोर्गिन्हो, रिस जेम्स र कर्ट जुमाले समान १-१ गोल गरेका थिए । त्यस्तै घरेलु टोलीका लियान्ड्रो ट्रोसार्डले एक सान्त्वना गोल फर्काएका थिए ।
उक्त जितसंगै चेल्सीले पहिलो खेलबाट ३ अंक जोडेको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *