प्रिमियर लिग : उल्भ्सको सुखद सुरुवात

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा उल्भ्सले विजयी सुरुवात गरेको छ ।
उल्भ्सले सेफिल्ड युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो । सेफिल्डको घरेलु मैदानमा भएको खेलमा उल्भ्सलाई जित दिलाउन राउल जेमिनेज र रोमेन साइसले समान १-१ गोल गरे ।
जारी खेलको तेस्रो मिनेटमा जेमिनेजले गोल गर्दै उल्भ्सलाई अग्रता दिलाएका थिए ।त्यस्तै खेलको छैटौं मिनेटमा रोमेनले गोल गर्दै उल्भ्सलाई २-० पहिलो हाफमा नै दुई शुन्यको अग्रता दिलाए । उक्त २-० को अग्रता नै उल्भ्सको जितका लागि प्रयाप्त बन्यो ।
उक्त जितसँगै उल्भ्सले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *