चेल्सीको सानदार सुरुवात

एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सानदार शुरुवात गरेको छ । प्रिमियर लिगको पहिलो खेलमा ब्राइटनमाथि ३–१ को सहज जित दर्ता गर्दै चेल्सीले विजयी शुरुवात गरेको हो ।

ब्राइटनको मैदानमा चेल्सीको जितमा कप्तान जर्गिन्हो, रिस जेम्स र कुर्ट जोउमामा समान एक गोल गरे । घरेलु टोलीका लियान्द्रो ट्रोसार्डले एक गोल फर्काए । सोमबार राति भएको खेलमा चेल्सीले खेलको २३औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो ।
टिमो वेर्नरलाई पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा जर्गिन्होले कुनै गल्ती नगरी चेल्सीले खेलमा १–० को अग्रता बनायो । स्टेभेन अल्जेटको मिस पासमा जगिन्होले नियन्त्रणमा लिदै दिएको पासलाई वेर्नरले एक्लै अघि बढाउदै गर्दा गोलरक्षक म्याथ्यु रायनले फउल गर्न पगेपछि रेफ्रीले चेल्सीलाई पेनाल्टी दिएको थियो ।

२७औं मिनेटमा घरेलु टोलीलाई खेललाई बराबरी गर्ने अवसर गुमायो । टारिक लाम्पाटेको क्रसमा निल मोउपेले पेनाल्टी बक्समा भेट्न नसक्दा चेल्सीका गोलरक्षक किपाले सहजै नियन्त्रणमा लिए । ३६औं मिनेटमा स्टेभेन अल्जेटको प्रहार पोस्टबाट थोरै बाहिरिदा घरेलु टोली पुनः बराबरीबाट चुक्यो ।
पहिलो हाफको इन्ज्युरी समयमा टिमो वेर्नरको प्रहारलाई गोलरक्षक रायनले उत्कृष्ट बचाउ गरेपछि चेल्सी अग्रता दोब्बर पार्नबाट चुक्यो । वेर्नरले डिफेन्डर एडाम वेभस्टेरलाई बिट गर्दै गरेको प्रहारमा गोलरक्षक रायन बाधक बने ।
बल पोजेसनमा पकड बनाउदै चेल्सीलाई दवावमा राखेको ब्राइटनले ५४औं मिनेटमा खललाई १–१ गोलको बराबरीमा ल्याए । यभेस बिसौमाबाट टारिक लाम्पाटेले दिएको पासमा लियान्द्रो ट्रोसार्डले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिएको थियो । तर, ब्राइटनको बराबरी दुई मिनेट पनि टिकेन । ५६औं मिनेटमा रिस जेम्सले गोल गर्दै चेल्सीलाई पुन २–१ को अग्रता दिलाए ।

कप्तान जर्गिन्होको पासमा रिस जेम्सले २५ यार्ड टाढाबाट गरेको सशक्त प्रहार सिधै गोलमा परिणत हुदा गोलरक्षक रायनले रोक्ने कुनै मौका नै पाएन । ५९औं मिनेटमा ब्राइटले बराबरीको सुवर्ण अवसर खेर फाल्यो । ट्रोसार्डको क्रसमा कप्तान लेविस डन्कको पोस्ट नजिकैबाट गरेको हेडर थोरै बाहिरियो ।
६६औं मिनेटमा कुर्ट जोउमाले गोल गर्दै चेल्सीलाई सहज जिततर्फ अग्रसर गराए । रिस जेम्सको कर्नरमा जोउमाको भली सटले जाली चुमेको थियो । इन्ज्युरी समयमा रस बार्कलीको प्रहारलाई गोलरक्षक रायनले बचाए । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी ३–१ ले विजयी हुन सफल भयो ।
जितसँगै चेल्सीले पहिलो खेलबाट महत्वपुर्ण ३ अंक लिएको छ । ब्राइटनले बल पोजेसनमा पकड बनाएपनि गतिलो आक्रमण र फिनिस गर्न नसक्दा पहिलो खेलमा पराजित हुन पुग्यो । चेल्सीका लागि डेब्यु खेल खेलेका काई हाभर्टजले सोचेअनुरुपको प्रदर्शन गर्न सकेन । प्रशिक्षक फ्रान्क लाम्पार्डले ८०औं मिनेटसम्म खेलाएका थिए ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *