अपराजित रुपमा चौथो पटक च्याम्पियन ट्रिन्बागो




आठौ संस्करणको क्यारेबियन प्रीमियर लिग सिपिएलको उपाधी काइरन पोलार्ड नेतृत्वको ट्रिनबेगो नाइट राइडर्सले जितेको छ।ब्रायन लारा क्रीकेट एकेडेमीमा भएको फाइनल खेलमा डारेन सामी नेतृत्वको सेन्ट लुसिया जुक्सलाई ८ विकेटले पराजित गर्दै ट्रिनबेगोले उपाधी जितेको हो।
सेन्ट लुसियाले दिएको १५५ रनको लक्ष्य ट्रिनबेगोले १८.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।१९ रनमा २ विकेट गुमाएर समस्यामा परेको ट्रिनबेगोका लेन्डल सिमोन्स र डारेन ब्राभोले १३८ रनको अविजित साझेदारी गर्दै खेल जिताए।सिमोन्सले ४९ बलमा ८ चौका र ४ छक्काको मदतमा अविजित ८४ रन जोड्दा ब्राभोले ४७ बलमा २ चौका र ६ छक्काको मदतमा अविजित ५८ रन जोडे।बलिङमा जुक्सका स्कट कुग्लेजन र रोस्टन चेजले समान १ विकेट लिए।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जुक्सले १९.१ ओभरमा अलआउट हुँदै १५४ रन जोडेको थियो।उसका आन्द्रे फ्लेचरले २७ बलमा ४ चौका र २ छक्काको मदतमा ३९ रन जोडे।त्यस्तै मार्क डेयलले २९,नाजिबुल्लाह जर्दानले २४ र रोस्टन चेजले २२ रन जोडे।
बलिङमा ट्रिनबेगोका कप्तान काइरन पोलार्डले सर्वाधिक ४ विकेट लिए।४ ओभर बलिङ गरेका उनले ३० रन खर्चेर ४ विकेट लिएका हुन।त्यस्तै अली खान र फवाद एहमदले समान २ विकेट लिए।ट्रिनबेगोले यो लिगमा एक खेल पनि नहार्दै उपाधी चुम्न सफल भयो।त्यस्तै ट्रिनबेगोले पछिल्ला ४ वर्षमा तेस्रो उपाधी जितेको हो।उसले सन २०१७ र २०१८ को सिजनको सिलिएलको उपाधी जितेको थियो।







Previous articleट्रिन्बागोलाई चौथो पटक उपाधी जित्न १५५ रनको लक्ष्य पछ्याउदै

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *