रोनाल्डोले जर्जिनालाई विवाह प्रस्ताव गरेको चर्चा

एजेन्सी – क्रिस्टियानो रोनाल्डो विभिन्न कारणले चर्चामा रहने फुटबल हुन् । यसै साता उनले सयौैं अन्तर्राष्ट्रिय गोल पुरा गरेका थिए ।

त्यो उपलब्धीका लागि पोर्चुगिज सुपर स्टार रोनाल्डोलाई पूर्व महान खेलाडी देखि समकालिन खेलाडीले समेत बधाई दिएका छन् । पोर्चुगलका लागि सय गोल पुरा गरेको चर्चा सेलाउन नपाउँदै अर्को कारणले चर्चामा आएका छन् । हालै रोनाल्डोले प्रेमीका जर्जिना रोड्रिग्वेजलाई विवाहका लागि प्रस्ताव गरेको चर्चा चलेको छ ।
अगष्ट २२ मा जर्जिनाले रोनाल्डोको सँगको फोटो सार्वजनिक गर्दै यस भन्दै गुलाफको फूलको इमोजी राखेकी थिइन् । त्यसको अर्थ मानिएको छ, सुपर स्टारले एउटा घुँडा टेकेर विवाहको प्रस्ताव राखेका थिए । केहि सञ्चारमाध्यमले पार्टी सकिएको केहि समयपछि रोनाल्डोले प्रस्ताव गरेपछि जर्जिना फोटो पोष्ट गरेको दाबी गरेको छन् ।
यद्दपी दुवैले अहिले सम्म विवाहका विषयमा केहि बोलेका छैनन् । रोनाल्डो र जर्जिना लामो समयदेखि सँगै रहँदै आएका छन् । सन् २०१६ देखि सँगै रहेका यी दुईको सन् २०१७ मा छोरि एलाना मार्टिनाको जन्म भएको थियो ।
यी दुईको भेट रोनाल्डो रियल म्याड्रिडबाट खेल्दा म्याड्रिड सहरमा भएको थियो । रोनाल्डोको त्यसअघि मोडल इरिना शायकसँग ५ वर्ष प्रेम सम्बन्ध रहेको थियो ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *