लिग वान : लेन्ससँग खेल्दै पीएसजीले उपाधि रक्षा गर्न अभियानमा

एजेन्सी । साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आजबाट नयाँ सिजनको फ्रेन्च लिग वानको सुरुआत गर्दैछ । आज लेन्ससँग खेल्दै पीएसजीले उपाधि रक्षा अभियान सुरु गर्दैछ ।
लेन्सको मैदानमा हुने यो खेल नेपाली समयानुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ । २१ अगस्टबाट सुचारु भएको लिगमा पीएसजीले आज पहिलो खेल खेल्न लागेको हो ।
च्याम्पियन्स लिगको फाइनल खेलेको उसले आफ्नो तालिका सारेर आजबाट सुरु गर्ने भएको हो ।
लेन्सले भने यसअघि एउटा खेल खेलिसकेको छ । यसअघि ऊ नाइससँग पराजित भएको थियो । यसैले आजको खेलमा दुवै टोली अंक जोड्ने दाउमा हुनेछन् ।
आज पीएसजी आफ्ना स्टार खेलाडीहरूविना नै मैदान उत्रिँदैछ । उसका स्टार नेयमार र किलियन एम्बाप्पेसहित ७ खेलाडीमा कोरोना संक्रमण देखिएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *