स्विडेन क्रिकेट प्रशिक्षकमा जोन्टी




एजेन्सी। दक्षिण अफ्रिकी पुर्व क्रीकेटर जोन्टी रोड्स स्वीडेनको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन।द स्वीडेन क्रीकेट फेडेरेसनले शुक्रबार उनलाई स्वीडेनको राष्ट्रिय क्रीकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।
स्वीडेन पछिल्लो समय क्रीकेटमा निकै नै उच्च प्रदशन गर्दै आइरहेको देश हो।उसले पछिल्लो समय खेल प्रदशनमा २०० प्रतिशत सुधार गरेको छ।
स्वीडेनको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि रोड्सले आफू स्वीडेनको प्रशिक्षकमा नियुक्त भएकोमा अति नै उत्साहित भएको र परिवारसँगै स्वीडेनमा स्थायी बसोबास गर्न चाहेको बताए।त्यस्तै उनले आफूलाई यो अवसर ठिक समयमा दिएको र स्वीडेनको क्रीकेट विकासमा महत्वपूर्ण योगदान दिने बताए।
रोड्सले दक्षिण अफ्रिकाको लागि २७० बढी खेल खेलेका छन।त्यस्तै उनी विश्वकै उत्कृष्ट फिल्डर मानिन्छन।उनले छोटो समय अफ्रीकि टिमको साथै केन्या र श्रीलंकाको प्रशिक्षक समेत सम्हालिसकेका छन।त्यस्तै उनले आइपिएलमा फिल्डिङ कोचको भुमिका निर्वाह गर्दै आइरहेका छन।







Previous articleनेपाली क्रीकेटरले पाए तलब:कुन खेलाडी कुन ग्रेडमा

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *