नेपाली क्रीकेटरले पाए तलब:कुन खेलाडी कुन ग्रेडमा

नेपाल क्रीकेट संघ(क्यान)ले राष्ट्रिय क्रीकेट टोलीका सदस्यहरुको सन २०१९ को पारिश्रमिक खेलाडीहरुको खातामा पठाएको छ।क्यानले राष्ट्रिय क्रीकेट टोलीका २२ सदस्यहरुको पारिश्रमिक खेलाडीहरुको खातामा पठाएको हो।
अन्तर्राष्ट्रिय क्रीकेट काउन्सिल(आइसिसी)ले अहिले खेलाडीहरुको तलब पहिलेको भन्दा १० हजार बृद्वी गरेर पठाएको छ।जसअनुसार पहिलो श्रेणीमा रहेका क्रीकेटरको मासिक ४५ हजार,दोस्रो श्रेणीमा रहेका क्रीकेटरको ३५ हजार र तेस्रो श्रेणीमा रहेका क्रीकेटरहरुको मासिक तलब २५ हजार रहेको छ।
कुन ग्रेडमा कुन खेलाडी छन त?ग्रेड ए:पारस खड्का,ज्ञानेन्द्र मल्ल,सरद भेषावकर,सोमपाल कामी,करन केसी,सन्दिप लामिछाने,बिनोद भन्डारी र दिपेन्द्र सिंह ऐरी।
ग्रेड बी:अभिनास बोहोरा,रोहितकुमार पौडेल,सुसान भारी,मोहम्मद आरिफ शेख,ललित नारायण राजवंशी,सन्दिप जोरा,पवन सरार्फ र वसन्त रेग्मी।
ग्रेड सी:रसिद खान,कुशल भुर्तेल,राजु रिजाल,ईशान पान्डे,कुशल मल्ल र प्रदिप ऐरी।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *