सिपिएल अपडेट:फाईनलमा आज जुक्स र नाईटराईडर्स भिड्दै कस्को पल्ला भारी




आठौ संस्करणको क्यारेबियन प्रीमियर लिगको उपाधिको लागि ट्रिनबेगो नाइट राइडर्स र सेन्ट लुसिया जुक्स खेल्दैछन।खेल आज राती पौने आठ बजे ट्रिनबेगो एन्ड टोबागोमा सुरु हुनेछ।
लिग चरणमा १० खेलमा शतप्रतिशत नतिजा निकालेको ट्रिनबेगोले सेमिफाइनलमा जमैका तलावाज र १० खेलमा ६ जित र ४ हार बेहोरेको सेन्ट लुसियाले सेमिफाइनलमा गुयना अमेजन वारियर्सलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन।ट्रिनबेगोका फर्ममा रहेका खेलाडी११ खेलमा अपराजित रहेको ट्रिनबेगो उत्कृष्ट फर्ममा छ।ट्रिनबेगोका लेन्डल सिमोन्स,काइरन पोलार्ड,कोलिन मुनरो र सुनिल नारिने ब्याटिङतर्फ उत्कृष्ट फर्ममा छन।ओपनर लेन्डल सिमोन्सले १० खेलमा २७२ रन जोडेका छन।उनी जारी लिगमा सर्वाधिक रन जोड्ने खेलाडी हुन।त्यस्तै कप्तान काइरन पोलार्डले २०० भन्दा बढीको स्ट्राइक रेटमा ब्याटिङ गर्दै २०७ रन जोडेका छन।
त्यस्तै बलिङतर्फ सुनिल नारिने,फवाद एहमद,प्रभिन ताम्बे,ड्वेन ब्राभो उत्कृष्ट फर्ममा छन।सुनिल नारिने र प्रभिन ताम्बेले ५ भन्दा कम इकोनोमीमा रन दिएका छन।त्यस्तै फवाद एहमदले १० खेलमा ११ विकेट लिएका छन।
सेन्ट लुसियाको फर्ममा रहेका खेलाडीमोहम्मद नाबी र रोस्टन चेजको अलराउन्ड प्रदशनमा सेन्ट लुसियाले फाइनलको यात्रा तय गरेको छ।मोहम्मद नाबीले ब्याटिङमा १७४ रन र बलिङमा १२ विकेट लिएका छन।त्यस्तै रोस्टन चेजले ब्याटिङमा २०३ रन र बलिङमा ८ विकेट लिएका छन।
त्यस्तै अर्का ब्याट्सम्यान नाजिबुल्लाह जद्रानले २०० रन जोडेका छन।त्यस्तै बलिङतर्फ स्कट कग्लाइनले १६ विकेट लिएका छन।उनले आज १ विकेट लिन सके जारी लिगमा सर्वाधिक विकेटकर्ता बन्नेछन।







Previous articleमहामारीमा पनि फिफाको मुख ताक्दै एन्फा : आन्तरिक स्रोत शुन्य, खेलाडी आर्थिक संकटमा

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *