महामारीमा पनि फिफाको मुख ताक्दै एन्फा : आन्तरिक स्रोत शुन्य, खेलाडी आर्थिक संकटमा




काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्व खेल जगतलाई मारमा पारेको छ । खेलकुदको गतिविधा केही रुपमा सञ्चालनमा आइ रहेका छन् । विश्व खेलकुद क्षेत्रमा खेलहुद गतिविधि सञ्चालनमा आएपनि नेपालमा भने हालसम्म कुनै पनि खेलका गतिविधिहरु सञ्चालन हुन सकेको छैन् ।
लामो समयसम्म घरेलु तथा अन्तराष्ट्रिय खेलकुद गतिविधि सञ्चालन नहुँदा यति बेला खेलाडीहरु मारमा परेका छन् । एन्फाले हालसम्म फिफाबाट आएको रकमबाट केही रकम मात्र खेलाडीलाई दिएर टारेको छ । फिफाले एन्फालाई बिभिन्न शीर्षकमा यो ६ महिनाको अवधिमा १० करोडसम्मको आर्थिक रकम पठाएको छ ।
महामारीको समयमा फिफाले जुनसुकै शीर्षकको रकम पनि खेलाडी तथा प्रशिक्षकका लागि खर्च गर्न सकिने बताएको छ । खेलकुद गतिविधि नहुँदा खेलाडीहरु आर्थिक संकटमा परि रहेको अवस्थामा हालसम्म एन्फाले आफ्नो आन्तरिक स्रोत जुटाउन भने सकेको छैन् । फिफाबाट आएको रकम पनि एन्फाले सहि ढंगले सञ्चालनमा ल्याउन सकेको छैन् । अझ भनौ खेलाडीलाई हालसम्म फिफाले पठाएको करोडौं रकमबाट जम्मा एक खेलाडी बाफत १४ हजार दिएर टारेको छ ।
आन्तरतिक स्रोत जुटाउन नसक्ने र फिफाको मुख मात्र ताकेर बस्ने एन्फा महामारीको समयमा पनि त्यहि देखिएको छ । हाल एन्फाको आन्तरिक स्रोत नभएको एन्फाका एक अधिकारीले अलस्पोर्टस् नेपालसँग भने । आन्तरिक स्रोत नभएकाले उन्फाले कर्मचारीको तलव रकम पनि दिन नसकेको उनले बताए । त्यसले हाल फिफाबाट आएको त्यति धेरै आर्थिक रकम कहाँ छ भन्ने प्रश्न पनि एन्फाका लागि तेस्रिएको छ । खेलाडीको अहिलेको अवस्थालाई ध्यानमा राख्दै एन्फाका पूर्व अध्यक्ष गणेश थापाले एन्फालाई ध्यानाकर्शण गराएका छन् ।
उनले महामारीको समयमा पनि एन्फा फिफाको मुख ताकेर बस्नु भन्दा आर्थिक संकटमा परेका खेलाडीलाई राहत दिलाउन माग गरेका छन् । उनले लामो समय खेलकुद प्रतियोगिता नभएर घरमै बसेका खेलाडीहरु आर्थिक संकटमा परेको हुँदा एन्फाले यो बिषयमा सोच्न ध्यानाकर्षण गराए ।
पटक–पटक आर्थिक हिना मिनाको आरोप लाग्दै आएको कर्मा छिरिङ शेर्पाको नेतृत्वको एन्फा महामारीको समयमा पनि सक्रिय बन्न सकेको छैन्् । खेलाडीको राहतका लागि आएको रकम पनि हालसम्म खेलाडीको हातमा पुगेको छैन् ।
“खेलहरु ६ महिना देखि सञ्चालनमा आएका छैनन् । एन्फाले हालसम्म हामीलाई १४ हजार रुपैया मात्र दिएको छ । हाम्रो तलव पनि तीन महिनाको अन्तरमा आउन्छ । यस्तो संकटमा पनि एन्फाले हाम्रो लागि केही गर्न सकेन् । खेल्न जागर पनि हुने छैन्,” एक राष्ट्रिय खेलाडीले अल स्पोर्टस् नेपालसँगको कुराकानीमा भने ।







Previous article“सन्दिप गर्जनका लागि तयार“दिल्ली

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *