बिदेशी खेलाडी व्यवस्थापनमा नै कठिन

सेप्टेम्बर १९ बाट सुरु हुने इन्डियन प्रीमियर लिग आइपिएलको खेलतालिका सार्वजनिक भएसँगै आइपिएलका समर्थकको पर्खाइमा पक्कै पनि सहजता थपेको छ।अष्ट्रेलियाका ओपनर ब्याट्सम्यान डेभिड वार्नरको कप्तानीमा रहेको सनराइजर्स हैदरावादले हालसम्म एकपटक आइपिएलको उपाधी जितेको छ।
यस सिजन उपाधिको दाबेदार मानिएको यस टिमको सम्भावित अन्तिम ११ यसप्रकार रहेको छ:
डेभिड वार्नरअष्ट्रेलियाका ओपनर ब्याट्सम्यान तथा आक्रामक ओपनर डेभिड वार्नर सनराइजर्स हैदरावादको कप्तान समेत हुन।यिनि ओपनरको रुपमा रहने लगभग पक्का नै हो।
जोनी बेरस्टो/ऋद्धिमान शाहईङ्ल्यान्डका ओपनर ब्याट्सम्यान जोनी बेरस्टो ओपनरको रुपमा आउने प्रवल सम्भावना रहेतापनि विदेशी कोटाका कारण भारतका ऋद्धिमान शाह पनि ओपनरको विकल्प रहेका छन्। यि दुवै विकेट किपर पनि हुन्।
केन विलियम्सन/विराट सिंहन्युजिल्यान्डका कप्तान केन विलियम्सनले तेस्रो नम्वरमा ब्याटिङ गर्ने सम्भावना रहे पनि भारतिय घरेलु क्रिकेटमा ठुलो प्रभाव जमाएका विराट सिंहले पनि डेब्युको अवसर पाउने सम्भावना रहेको छ।
मनिष पान्डे भारतीय खेलाडी मनिष पान्डेले चौथो नम्बरमा ब्याटिङ गर्ने सम्भावना प्रबल छ।उनले टिमको आवश्यकता अनुसार ब्याटिङ गर्न पनि सक्छन।
विजय शङ्करभारतीय ब्याट्सम्यान विजय शङ्करले पनि टिमको आवशियकता अनुसार ब्याटिङ गर्ने भएकोले यी खेलाडीले पाचौ नम्बरमा ब्याटिङ गर्नेछन।
मोहम्मद नाबी/मिचेल मार्शअफगानिस्तानका मोहम्मद नाबी र अष्ट्रेलियाका मिचेल मार्श दुबै अलराउन्डर हुन।यी दुइमध्ये एकले मौका पाउने हुदा मोहम्मद नाबीको उच्च सम्भावना छ।नाबिको सिपिएल फर्मले पनि उनलाई मद्दत गर्ने छ।
अविशेक शर्माभारतका घरेलु क्रीकेट खेल्दै आएका अविशेक शर्मा अन्तिम ११ मा पर्ने सम्भावना पनि लगभग पक्काजस्तै छ।
रसिद खानअफगानिस्तानका स्पिनर रसिद खान अन्तिम ११ मा पर्ने लगभग पक्का छ।उनको स्पिन बलिङमा जस्तोसुकै ब्याट्सम्यान पनि खुलेर खेल्न सक्दैनन।
भुवनेश्वर कुमारभुवनेश्वर कुमारले सनराइजर्स हैदरावादबाट ओपनिङ बलिङ गर्ने गर्दछन।
सन्दिप शर्मासन्दिप शर्मा पनि सनराइजर्स हैदरावादको सुरुवाती ११ मा पर्ने लगभग पक्काजस्तै छ।
खलिल अहमद/सिद्वार्थ कौलसनराइजर्सको ११ औ खेलाडीको रुपमा खलिल अहमद वा सिद्वार्थ कौलमध्ये एकले मौका पाउन सक्छन्।हाम्रो तर्फबाट सम्भावित सनराईजर्स हैदराबादको अन्तिम ११ राखेका छौ।तपाईको विचारमा चै कस्तो अन्तिम ११ बन्ला राय व्यक्त गर्नुहोस्।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *