राखेप नवनियुक्त पदाधिकारीलाई बक्सिङ संघको स्वागत तथा बधाई

काठमाडौ ! नेपाल बक्सिङ संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) नवनियुक्त पदाधिकारी र सदस्यहरुको सम्मानमा आइतबार स्वागत तथा बधाइ कार्यक्रम आयोजना गर्यो ।
राखेपमा नवनियुक्त उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल तथा सदस्यद्वय अर्जुनबहादुर केसी र सुभास श्रेष्ठलाई बक्सिङ संघका अध्यक्ष राम अवालेले मायाको चिनो प्रदान गरी कार्यकाल पूर्ण सफलताका लागि शुभाकामना दिएका थिए ।
सदस्य–सचिव सिलवालले कुनैपनि खेलको विकासका लागि तल्लो तहदेखि नै खेलाडी पहिचान र खेलकुदको विकास गर्नु पर्नेमा जोडदिए ।
कार्यक्रममा बक्सिङका ओलम्पियन रविराज थापा, उमेश मास्के र नरेन्द्र पुमा, राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, बक्सिङ प्रमुख प्रशिक्षक प्रकाश थापा मगर, बक्सिङका एसियाड पदक विजेता दीपक महर्जनलगायतको सहभागिता जनाएका थिए ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *