खेल मैदानको काम ८५% समाप्त भएको धुर्मुसको दाबि




विश्व माहामारीको रुपमा रहेको कोरोना भाइरस माहामारीको कारण विश्व खेलकुद लगायत अन्य निर्माण कार्य रोकिएपनी चितवनको भरतपुर शान्तिबजारमा निर्माणाधीन गौतम बुद्व अन्तर्राष्ट्रिय क्रीकेट मैदानको निर्माण कार्य जारी छ।कोरोना माहामारीको यो विषम परिस्थितिमा पनि निर्माण कार्य रोकिएको छैन।
कोरोना माहामारीको कारण चैत्र ९ देखि बैसाख २० सम्म निर्माण कार्य रोकिए पनि त्यसपछि निरन्तर रुपमा निर्माणकार्य जारी छ।अहिले रंगशालामा १५१ भन्दा बढी जनशक्तिबाट निर्माण भैरहेको छ।धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले सम्पुर्ण नेपालीको साथ,सहयोग,हौसला प्रेरणाले निर्माण कार्य निरन्तर भैरहेको बताउछन।उनले लकडाउनको अवस्थामा निर्माण सामग्री जुटाउन धेरै गार्हो परेपनी कठिन परिस्थितिका बाबजुद आर्थिक संकट र स्रोतसाधनको अभाव रहेको अवस्थामा एक अठोट संकल्पको साथ रंगशाला निर्माणमा निरन्तर लागेको बताए।
उनले ३० हजार समर्थक अट्ने क्षमता भएको उक्त रंगशाला देशको एक प्रतिष्ठासँगै राष्ट्रिय एकताको परियोजनासमेत भएको वताए।उनले भने,”निर्माणाधीन रंगशालामा सिङ्गो देश हेर्न सकिन्छ।पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म,झापा,सुनसरी हुँदै कैलाली कञ्चनपुरसम्मको जिल्लाहरुलाई समेटेर ७७ वटै कक्ष स्थापना गरिएको छ।रंगशालाको छतमा ७७ वटै कमलका पत्ताहरु छन।सात प्रदेशको प्रतिधिनित्व गरि फरकफरक गेट छन।नेपालको धार्मिक,प्राकृतिक,मौलिक सम्पदा झल्कने गरि रंगशाला निर्माण भैरहेको छ।उनले कोरोनाको कारण मात्र नभएर आकाशबाट आउने पानीभन्दा जमिनमुनिबाट मुल फुटेर आउने पानीले धेरै दुख दिएको बताए।उक्त पानीलाई २४ घन्टा नै १९ वटा पम्पबाट पानी बाहिर फाल्ने काम भैरहेको छ।अन्तर्राष्ट्रिय खेल मैदानको काम ८५ प्रतिशत सकिएको धुर्मुसले बताए।मैदानमा सातवटा पिच भएको र वर्षाको समय हुदा पिचमा माटो हाल्न र आउट फिल्ड सम्माउन बाकी रहेको छ।वर्षा सकिनेबित्तिकै सो काम सुरु हुने धुर्मुसले बताए।त्यस्तै उनले प्याराफिटको काम भैरहेको र प्याराफिटको जग हाल्ने काम ४० प्रतिशत सकिएको बताए।यस्तै ड्रेनेजको काम सम्पन्न भएको छ।मैदानको पानी आउने ठाउँमा २० हजार लिटर पानी अटाउने र त्यो पानी मैदानमा नै प्रयोग गर्न सकिने उनले बताए।
यस्तै नमुना मैदान यसअघि नै तयार भएको थियो।जुन मैदानमा थुप्रै खेल आयोजना भएको थियो।तीन पिच रहेको नमुना मैदानमा राष्ट्रिय प्रतियोगिता गर्न मिल्नेगरी खोलिने धुर्मुसले बताए।







Previous articleराखेप नवनियुक्त पदाधिकारीलाई बक्सिङ संघको स्वागत तथा बधाई

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *