भारतमा नेपाल पुलिसको सानदार विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले भारतको सिक्किममा जारी खानचेन्डजोङ्गा शिल्ड ए डिभिजन क्रिकेट सुपर लिगमा सानदार विजयी सुरुवात गरेको छ ।

शुक्रबार पहिलो खेलमा समूह ए मा रहेको पुलिसले ह्वाइट कन्च क्रिकेट क्लब (डब्लूसिसिसी) लाई १० विकेटले पराजित गर्दै सानदार विजयी सुरुवात गरेको हो । जितको लागि ६३ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले ७.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । ओपनर सुनिल धमला ३० बलमा ३ चौका र १ छक्का सहित २९ रनमा अविजित रहे । अमित श्रेष्ठ १७ बलमा ४ चौका सहित २१ रनमा अविजित रहे ।

त्यसअघि सिक्किम क्रिकेट ग्राउन्ड राङ्पोमा पहिला ब्याटिङ थालेको डब्लूसिसिसी २४.५ ओभरमा ६२ रनमा अल आउट भएको थियो । नेपाल पुलिस क्लबको बलिङ सामू उसका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । विनित कुमारले ३१ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक २३ रनको योगदान दिए । यवार हुसेनले १४, नसुन तामाङ १, कप्तान गणेश क्षेत्री र जावेद अन्सारीले खाता खोल्न सकेनन् ।
पुलिसका तीव्र गतिका बलर राशिद खानले ५ ओभरमा ३ मेडन सहित ४ रन खर्चेर २ विकेट लिए । स्पिनर सागर ढकालले ७ ओभरमा २ मेडन सहित २० रन खर्चेर २ विकेट लिए । अनिल खरेलले ५ बल गर्दै ६ रन खर्चेर २ विकेट हात पारे । योगेन्द्रसिंह कार्की र गुलशन झाको नाममा १–१ विकेट रह्यो । पुलिसले दोस्रो खेलमा शनिवार रोयल नर्थन ब्रोर्दशसँग खेल्ने छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *