नेपाल पुलिस सामू डब्लूसिसिसी ६२ रनमै अल आउट

काठमाडौं (हाम्रो खेलकुद) – सिक्किममा जारी खानचेन्डजोङ्गा शिल्ड पुरुष ए डिभिजन क्रिकेट सुपर लिग नेपाल पुलिस क्लब सामू ह्वाइट कोन्च क्रिकेट क्लब (डब्लूसिसिसी) ६२ रनमै अल आउट भएको छ ।

सिक्किम क्रिकेट ग्राउन्ड राङ्पोमा पहिला ब्याटिङ थालेको डब्लूसिसिसी २४.५ ओभरमा ६२ रनमा अल आउट भएको हो । नेपाल पुलिस क्लबको बलिङ सामू उसका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । विनित कुमारले ३१ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक २३ रनको योगदान दिए । यवार हुसेनले १४, नसुन तामाङ १, कप्तान गणेश क्षेत्री र जावेद अन्सारीले खाता खोल्न सकेनन् ।

पुलिसका तीव्र गतिका बलर राशिद खानले ५ ओभरमा ३ मेडन सहित ४ रन खर्चेर २ विकेट लिए । स्पिनर सागर ढकालले ७ ओभरमा २ मेडन सहित २० रन खर्चेर २ विकेट लिए । अनिल खरेलले ५ बल गर्दै ६ रन खर्चेर २ विकेट हात पारे । योगेन्द्रसिंह कार्की र गुलशन झाको नाममा १–१ विकेट रह्यो ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *