रासफोर्ड र फर्नान्डेसको गोलमा म्यानचेस्टरको जित

एजेन्सी – मार्कुस रासफोर्ड र ब्रुनो फर्नान्डेसको गोलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको क्वाटर फाइनलको पहिलो लेगमा स्पेनिस क्लब ग्रानडालाई पराजित गरेको छ ।

युनाइटेडले ग्रानडालाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो । ग्रानडामा बिहीबार रापत भएको खेलको ३१औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए । उनले भिक्टर नेल्सन लिन्डेलफको पासमा गोल गरेका थिए ।
घरेलु टोलीलाई बल पोसेसनमा दवाव बढाएपनि युनाइटेडले दोस्रो गोलको लागि पेनाल्टी र खेलको अन्तिम समय नै कुर्नुपरेको थियो । इन्ज्युरी समयमा ब्रुनो आँफैलाई पेनाल्टी बक्समा यान ब्रिस इटेकीले लडाएपछिको प्राप्त पेनाल्टीमा ब्रुनोले गोल गर्दै युनाइटेडलाई २–० को सहज जित दिलाए ।
यो जितसँगै युनाइटेडले युरोपा लिगको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेगमा यही नतिजा कायम गर्न सके युनाइटेडले अन्तिम चारमा स्थान पक्का गर्नेछ । दोस्रो लेग ओल्ड ट्राफोर्डमा १६ अप्रिलमा हुनेछ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *