कप्तान रुविनाले भावुक हुँदै भनिन्, ‘किन पारस खड्का मात्र आउँदा पूरा भरिभराउ हुनुपर्ने’ ?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप २०७७ टि२० क्रिकेट प्रतियोगितामा समर्थकको शून्यता पछि दुःख र निराश ब्यक्त गरेकी छिन् । तीन महिना अघि दाङको लमहीमा सम्पन्न प्रधानमन्त्री कप महिला टि२० क्रिकेट प्रतियोगिता च्याम्पियन प्रदेश एक यस पटक भने समूह चरणबाटै बाहिरियो ।

दाङको लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा प्रधानमन्त्री कप फाइनलमा नेपाल एपिएफ क्लबलाई हराउँदै प्रदे- १ ले उपाधि जितेको थियो । उक्त फाइनलमा निर्माणधिन प्याराफिट र अन्य भागमा समर्थकको उपस्थित भरिभराउ थियो । अन्य दिन दुई-तीन सय दैनिक आएका थिए । तर ललितपुर मेयर वुमन्स प्रतियोगितामा भने टियु मैदानमा समर्थकको उपस्थित शून्य जस्तै रहँदै आएको छ ।
विहिबार खेलपछि समर्थकको उपस्थित शून्य जस्तै हुँदा प्रदर्शनमा कस्तो असर पर्छ भन्ने एक प्रश्नको जवाफ दिँदै रुविनाले भनिन्, ‘महिला क्रिकेटलाई मिडियाले मात्र प्राथमिकता दिएको देखियो । फेसबुकमा फलोअर्स रहेछ । समर्थकलाई मैदानमा आएर लाइभ हेर्ने राम्रो अवसर थियो । तर आउनु भएन ।’
त्यसैमा थपिन् ‘किन पारस खड्का मात्र आउँदा मात्र पूरा भरिभराउ हुनुपर्ने ? यहाँ नेरी थापामगर छ, सीता रानामगर छ, रुविना क्षेत्री छ । म सबैलाई अनुरोध मात्र गर्छ सक्छु । लाइभ हेर्ने अवसर छ भने आएर सहयोग गर्नुहोस् ।’

‘हामी जिउ ज्यान लगाएर खेलेका छौं । हामीलाई समर्थकको सहयोगको आवश्यक पनि छ । हामीले कति मिहिनेत गरेका छौं । समर्थक आएर हेरेमा धेरै फरक पार्छ’, रुविनाले निकै भावुक हुँदै भनिन् ।
‘त्यस्तै प्रधानमन्त्री कप च्याम्पियन प्रदेश १ यस पटक लिग चरणबाटै बाहिरियो । खेलाडीको प्रयासनै नदेखिए जस्तो देखियो । हामी सबै होमवर्क गरेर नै आएका हौं । सबै जनाले प्रधानमन्त्री कप खेलेपछि पाँच अभ्यास खेल खेलेर आएका थियौं । तर मैले मात्र खेलेको थिएकी जस्तो लाग्यो ।’
‘हामीसँग खेलाडी छ । ब्याटिङ र बलिङ लाइनअप थियो । तयारीको पनि कुनैमा कमि थिएन । मलाई थाहा छैन हामी कहाँ चुक्यौं । म यस्तो नतिजा अपेक्षा गरेको थिएन, रुविनाले निराश हुँदै भनिन् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *