ब्याडमिन्टनका प्रिन्स जनसेवा श्री ‘पञ्चम’ बाट सम्मानित हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार तथा विश्वको जुनियर वरियताको तेस्रो स्थानमा रहेका प्रिन्स दाहाल नेपाल सरकारले प्रदान गर्ने जनसेवा श्री ‘पञ्चम’ बाट सम्मानित हुने भएका छन् ।
फाइलः तस्विर
सरकारले प्रिन्ससहित अन्य खेलकर्मीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार विभुषित गर्नेछन् । सुदूरपश्चिम प्रदेश दार्चुला खलंगा ५ का प्रिन्स नेपाली यु–१९ का नम्वर एक खेलाडी हुन् । सोही उमेर समूहमा प्रिन्सले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै नेपाललाई स्वर्णपदक दिलाइसकेका छन् । उनी विश्वको जुनियर वरियताको तेस्रो स्थानमा अट्ने पहिलो नेपाली ब्याडमिन्टन खेलाडी समेत हुन् ।
उनले ब्याडमिन्टन खेलमार्फत नेपाललाई विश्वमा चिनाएको भन्दै सरकारले विभुषित गर्न लागेका हुन् । विश्व वरियताको जुनियरतर्फ शीर्ष तीनमा पर्ने बित्तिकै प्रिन्सलाई कैलाली जिल्ला ब्याडमिन्टन संघ, जेस्ट ब्याडमिन्टन एकेडेमी, काठमाडौं ब्याडमिन्टन एकेडेमी र साइनो स्पोर्ट्सलगायतले उनलाई सम्मानित गरिसकेका छन् ।
जुनियर खेलाडी भएपनि प्रिन्सले नेपालको शीर्ष वरियतामा रहेका रत्नजित तामाङ र दिपेश धामीलाई पराजित गरि उपाधि जितिसकेका छन् । उनले यसवर्ष दुई उपाधि जित्दा फाइनला रत्नजित र दिपेशलाई पराजित गरेका थिए ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *