प्रतिभा र विनित सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबकी प्रतिभा माली र टिप टप हेल्प नेपालका विनित कुमार पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् ।

प्रतिभाले न्यु डायमन्डलाई च्याम्पियन बनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्दा विनित कुमारले पनि टिप टप हेल्प नेपाललाई च्याम्पियन बनाउन महत्वपुर्ण भुमिका निभाएका थिए । सर्वाेत्कृष्ट बनेका प्रतिभा र विनितले समान २५–२५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
यस्तै व्यक्तिगत विधाको पुरुषतर्फ बुलबुले रारा भलिबल क्लबका मुराद जिहान उत्कृष्ट स्पाइकर चुनिए । महिलातर्फ पुलिसकी उषा भण्डारी उत्कृष्ट स्पाइकर चुनिइन् । पुरुषतर्फ पुलिसका दीपकराज जोशी र महिलातर्फ पुलिसकै मनिषा चौधरी उत्कृष्ट ब्लकर चुनिइन् । पुरुषतर्फ टिप टप हेल्प नेपालका विकास कुमार र महिलातर्फ पुलिसकी कमला पुन उत्कृष्ट सेटर चुनिइन् ।
पुरुषतर्फ एपिएफका विनोद चन्द र महिलातर्फ डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिवेरो घोषित भए । पुरुषतर्फ बुलबुले राराका घनश्याम चौधरी र महिलातर्फ डायमन्डकी ललितानाथ उत्कृष्ट सर्भर चुनिइन् । पुरुषतर्फ टिपटप हेल्प नेपालका रमेश केसी र महिलातर्फ न्यु डायमन्डका कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले समान १०–१० हजार रुपैयाँ हात पारे ।
सर्वाेत्कृष्ट खेलाडी – विनित कुमार (पुरुष) र प्रतिभा माली (महिला)स्पाइकर – मुराद जिहान (पुरुष) र उषा भण्डारी (महिला)ब्लकर – दिपकराज जोशी (पुरुष) र मनिषा चौधरी (महिला)सेटर – भिकास कुमार (पुरुष) र कमला पुन (महिला)लिवेरो – विनोद चन्द (पुरुष) र सलिना श्रेष्ठ (महिला)सर्भर – घनश्याम चौधरी (पुरुष) र ललिता नाथ (महिला)प्रशिक्षक – रमेश केसी (पुरुषतर्फ) र कुमार राई (महिलातर्फ)

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *