नेपाल पुलिसले भारतमा ए डिभिजन लिग क्रिकेट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली घरेलु क्रिकेटको बलियो टोली तथा राष्ट्रिय खेलाडीको बाहुल्यता भएको नेपाल पुलिस क्बलले भारतमा ए डिभिजन लिग क्रिकेट प्रतियोगिता खेल्ने भएको छ ।
सिक्किम क्रिकेट एसोसियसनले आयोजना गर्न लागेको ए डिभिजन लिग क्रिकेट खेल्न पुलिस बुधबार त्यसतर्फ प्रस्थान गरेको थियो । प्रतियोगितामा नेपाल आमन्त्रिण टोलीको रुपमा खेल्ने सिक्किमले जनाएको छ । पुलिस समूह ए मा छ । समूह ए मा पुलिससँगै ब्लाक एंगल एसएपि, रोयल नथर्न ब्रोर्दश, ह्वाइट कन्च र ज्ञालसिंह एण्ड डिस्टिक वेलफेयर क्रिकेट एसोसियसन छन् । पुलिसले पहिलो खेल शुक्रबार ह्वाइट कन्चसँग खेल्ने छ । खेल विहान ८ : ४५ मा सुरु हुने छ ।

सिक्किमका अनुसार पुलिसको टोलीमा सिद्धान्त लोहनी, राशिद खान, अनिलकुमार शाह, सुनिल धमला, दीलिप नाथ, योगेन्द्रसिंह कार्की, अनिल खरेल लगायतका खेलाडी छन् । नेदरल्यान्ड् र मलेसियासँग वैशाख पहिलो साता हुने त्रिकोणात्मक टि२० सिरिजको लागि दीपेन्द्र सिंह ऐरी, पवन सरार्फ, ललितनारायण राजवंशी, आरिफ शेख र कुशल भुर्तेल बन्द प्रशिक्षणमा हुँदा केहि खेलाडी परिवर्तन गरेको छ । सिद्धान्त र अनिल खरेललाई टोलीमा समेटेको छ ।
पुलिसले अघिल्लो महिना टियुमा भएको काठमाडौं मेयर्स कप एकदिवसिय क्रिकेट प्रतियोगिता जितेको थियो । फाइनलमा पुलिसले नेपाल एपिएफ क्लबलाई हराउँदै उपाधि जितेको थियो । माघमा भएको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगितामा भने पुलिस आर्मीसँग फाइनलमा पराजित भएको थियो ।
पुलिसको खेल तालिका

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *