रोमाको उत्कृष्ट ब्याटिङमा ललितपुरलाई बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमकी ब्याटर रोमा थापाको अर्धशतकको सहयोगमा प्रदेश–१ ले ललितपुर मेयर–११ लाई ललितपुर मेयर वुमन्स च्याम्पियनसिप २०७७ टि० क्रिकेट प्रतियोगितामा १ सय २९ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश १ ले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय २८ रन बनायो ।प्रदेश-१ की रोमा थापा ५७ बलमा १० चौका सहित ६६ रनमा अविजित रहिन् । रोमाले ४५ बलमा अर्धशतक प्रहार गरेकी थिइन् । अप्सरी बेगम २९ बलमा २ चौका सहित २६ रनमा अविजित रहिन् । तेस्रो विकेटका लागि रोमा र अप्सरीले ७५ रनको अविजित साझेदारी गर्दै प्रदेश १ लाई बलियो योगफलमा पुर्याए ।
ओपनर काजल श्रेष्ठ ८ र कप्तान रुविना क्षेत्री बेलबासे २१ रनमा आउट भइन् । रुविनाले २४ बलमा २ चौका र १ छक्का प्रहार गरिन् । ललितपुर ११ की सरस्वती चौधरी र सरस्वती कुमारी चौधरीले १–१ विकेट लिइन् ।
यी दुबै टोली प्रतियोगिताबाट बाहिरि सकेका छन् । यस खेल प्रतिष्ठाको लडाईं हुने छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *