नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद ) – नेपालले वैशाखमा कीर्तिपुर मैदानमा पहिलो साता खेल्ने नेदरल्यान्ड्स र मलेसियासँग खेल्ने टि२० आई त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक गरेको छ ।

इएसपिएनक्रिकइन्फोका अनुसार नेपालले पहिलो खेल नेदरल्यान्ड्सँग वैशाख ४ मा खेल्ने छ । दोस्रो खेल मलेसियासँग वैशाख ६ मा खेल्ने छ । नेपालले तेस्रो खेल नेदरल्यान्ड्सँग वैशाख ७ मा खेल्ने छ । नेपालले आफ्नो सिरिजको लिगको अन्तिम खेल वैशाख ९ गते खेल्ने छ । लिगमा शीर्ष दुईमा रहने सके नेपालले वैशाख ११ गते फाइनल खेल्ने छ ।
क्यानले त्रिकोणात्मक मूल्य १ सय ५० रुपैयाँ तोकेको छ । खेलको प्रत्यक्ष प्रसारण हिमालयन टेलिभिजनले गर्ने छ । मुख्य प्रायोजनमा बजाज पल्सर रहेको छ । खेल दिउँसो २ः१५ देखि ५ः१५ सम्म हुने छ ।
नेपालले टियु मैदानमा पछिल्लो समय गतवर्ष माघमा ओमान र अमेरिकासँग आइसिसी विश्वकप लिग(२ अन्तर्गत ओडिआई त्रिकोणात्मक सिरिज खेलेको थियो । नेपालले १४ महिनापछि अन्तर्राष्ट्रिय खेल खेल्दै छ । नेपालले पछिल्लो पटक फागुन थाईल्यान्डमा एसिसी इस्टर्न रिजन टि२० एसिया छनोट खेलेको थियो । प्रशिक्षक देभ ह्वाटमोरको प्रशिक्षकमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल समेत खेल्ने छ ।
बन्द प्रशिक्षणमा बोलाइएका २० खेलाडी ः
ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, सुशन भारी, साहब आलम, सन्दीप जोरा, विक्रम शोब, पवन सर्राफ र ललित नारायण राजवंशी ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *