एमबाप्पे चम्कदा बायर्नमाथि पीएसजीको जित

एजेन्सी – फ्रेन्च फरवार्ड केलियन एमबाप्पे चम्कदा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा डिफेन्डिङ च्याम्पियन जर्मन क्लब बायर्न म्युनिखलाई पराजित गरेको छ ।

पीएसजीले बायर्नमाथि उसकै मैदानमा ३–२ को जित निकालेको हो । पीएसजीको जितमा एमबाप्पेले दुई गोल गर्दा मार्किन्हसले एक गोल थपे । बायर्नका इरिक म्याक्सिम चुपो मोटिङ र थोमस मुलरले गोल फर्काएपनि हार टार्न सकेन ।
यो जितसँगै पीएसजीले गत संस्करणको फाइलमा भोगेको हारको बदला लिएको छ । पीएसजी गत संस्करणका फाइनलमा १–० ले पराजित भएको थियो ।
यस्तै जितसँगै पीएसजीले च्याम्पियन्स लिगको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेगमा पीएसजीलाई यही नतिजा अघिल्लो चरण पुग्न पर्याप्त हुनेछ । १–० को हारले पनि पीएसजी सेमिफाइनलमा प्रवेश गर्नेछ । बायर्नलाई सेमिफाइनल पुग्न कम्तीमा पनि २–० को जित आवश्यक छ । दोस्रो लेग पीएसजीको मैदानमा १४ अप्रिलमा हुनेछ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *