त्रिकोणात्मक टि२० सिरिजको लागि नेपालको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले वैशाखमा नेपाल, मलेसिया र नेदरल्याड्सबीच हुने टि२० त्रिकोणात्मक सिरिजको लागि २० सदस्य टोली घोषणा गरेको छ ।

२० सदस्य टोली घोषणा गरेको छ । टोलीमा पुरानै खेलाडीलाई निरन्तरता दिएको छ । नेपालले टियु क्रिकेट मैदानमा मलेसिया र नेदरल्यान्ड्सबीच वैशाख ४ देखि ११ सम्म टियु क्रिकेट मैदानमा खेल्ने छ । डबल लिगको आधारमा शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् । क्यानले चैत २४ देखि बन्द प्रशिक्षण सुरु हुने छ । अघिकाम्स खेलाडी भने टियु मैदानमा अभ्यास गरि रहेका छन् । बन्द प्रशिक्षणपछि अन्तिम १४ सदस्य टोली घोषणा गर्ने छ । टोलीमा अनुभवी खेलाडी शरद भेषावकर र स्पिनर बसन्त रेग्मी भने अटाएका छैनन् ।
बन्द प्रशिक्षणमा बोलाइएका २० खेलाडी :
ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, सुशन भारी, साहब आलम, सन्दीप जोरा, विक्रम शोब, पवन सर्राफ र ललित नारायण राजवंशी ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *